10/10/09

अम्रिकाले भिसा दिएन, नेपालमा बस्न मन छैन


I have no country to fight for;
my country is the earth,
and I am a citizen of the world. ~Eugene V. Debs



तिनी जन्मेको खुशीयाली बडो उत्साहमय थियो। हजुर बाउपनि के कम तुरुन्तै हल्दिरामको सोना पाप्रीले मुख मिठाइ हाले। हुन त उनको सुगर रोग पुरानै हो। तर आज चाँही बाल मतलब थिएन।
पहिलो नातिनी लक्ष्मी नै हो भन्ठाने। दिउसो तिर त छोरोको साथीले कता कता बाट फेस बुकबाट फोटो डाउनलोड गरेर प्रिन्ट नै गरेर ल्याइ दिएछन्। भर्खर मात्रा के जन्मेको भनेर अम्रिकाबाट फोन आएको थियो। फोटो पनि ट्याक्कै हेर्न पाइयो भनेर दङ्गदास परे दुबै हजुरबुवा र हजुर मुमा।

नेपालमा किन हो कुन्नी नाती नातिनाप्रती हजुर आमा बुवाको बिशेष लगाब हुन्छ।
मगन्नै पैसा भएर पनि काम बाहेकले पोखरा पनि घुम्न नगएका बुढा बुढीलाई नातिनिको मायाले चुम्बक जस्तै तान्यो। एक झलक हेरौ, खेलौ, माया गरौ भन्ने झल्को आइ रह्यो।


लौ मरी लानु के छ त अम्रिका पनि घुमौ , छोरा बुहारी नातिनीलाई पनि भेटौ भनेर भिसाको लागि अप्लाइ गरे। भिसा preparation को लागि सबै कागजात तयार भयो आफ्नो चल अचल सम्पत्ति सबैको हिसाब किताब देखाइयो। काठमाडौंको मात्रै मेन चोकमा दुई वटा घर । दुई वटाको करीब दुई करोड पर्ने । सुन १५ तोला जती, त्यस बाहेक जग्गा जमिन। ठुलै ढड्डानै तयार भयो।

उही black and white नातिनीको dot matrix printer मा प्रिन्ट गरेको अनुहार पनि राम्ररी नदेखिने फोटो देखेरै मक्ख परेका बुढा बुढीलाई कती बेला अमेरिका जाउ जस्तो भएको थियो।

यि सारा सपना त जब चकना चुर भयो तब बुढा बुढीले भिसा पाएनन्। निर्दयी मुटु भएकाहरुले भिसा दिनु पर्ने कारण नै देखेनन रे। अ रे बाबा सितैमा जान्छु त भनेको छैन नि, टिकेट काटेर गजब सँग पैसा खर्च गरेर देश घुम्न जान्छु भन्दा नि नपाईने?? आफ्नो छोरा बुहारी नातिनीलाई भेट्न जान्छु भन्दा नि नपाउने? के ७० बर्षकटेका बुढा बुढीले कहाँ कमाउन बस्लान भन्ने डर पो भएछ कि?
सार्है अमिलो मुख लाएर हजुर बुवाले भने भगवानले यो संसार मानब जातीको लागि बनाइ दिएको आज तेरो मेरो गर्दा आफु पैसा तिरेर जान्छु भन्दा नि यो ईश्वरको रचना कस्तो रहेछ भनेर हेर्न नपाईने?
उनी सँग धन नभएको पनि होइन उनी सँग मज्जाले एक महिना सम्म होटेलमा बसेर मज्जाले घुमेर आउने गरी जिन्दगी भर कमाएका थिए।

उनको गल्ती यही थियो कि उनी नेपालमा जन्मिए। त्यस्को सट्टा लण्डनमा जन्मेको भए क्रेडिट कार्डमा केही हजार डलर देखाएर अमेरिका जान पाउथे। नेपालमा जन्मिनाले मिलियन डलर देखाउदा नि पत्याएनन्। यो अमेरिकाले नि विद्यार्थी , अरु कामको लागि जाने लाई रोक टोक गरेनी कमसेकम बुढाबुढीलाई त छोरा छोरी भेट्न जान दिनु नि।

हाम्रो देशमा आउन त त्यस्तो झन्झट छैन कसैलाई। तिमी सँग घर होस् या नहोस् तिमी सँग जती नै रिन होस्। घुम्ने मात्रै पैसा देखाए पनि तिमीहरु लाई स्वागत छ त । अझै ए!! आउन हो!! नेपाल आउ भनेर निमन्त्रणा दिएकै छौ।

तिम्रो देश आधुनिक रुपमा बिकास भएको होला तर हाम्रो देश त एउटा स्वर्गकै टुक्रा हो। तिमी लाई जती आफ्नो देश को माया लाग्छ तेती नै हामी लाई पनि लाग्छ।

तिमी बिदेशी नेपाल आउने भन्नासाथ नेपालीहरु एअरपोर्ट देखीनै फुल माला अबिरले स्वागत गर्छन् तर तिम्रो देशमा फूल माला त के नेपालमा रहित अमेरिकन embassy देखी नै निरास पार्छौ।

तिमी नेपाल आउदा खर्च गर्छौ होला। नेपालीहरु पनि त कम छैनन नी अमेरिका गएको बेला ठाटले खर्च गर्छन् नेपालमा कोदोकै रोटी खाएको भए नि newyork र California मा बिस डलरको पिज्जा खान्छन्।

अन्तिममा बुढा हजुर बुवा भन्छन ओबामा तिमी आफ्नो बुढी , छोरीहरु र कुकुरसँग हासी खुशी बस । हामी चाँही नातिनी को फोटो हेरेरै चित्त बुझौला।

10/3/09

पासवोर्ड बिर्सेंर बर्बाद

बैंकले दिएको सास्ती

यो बिर्सने बानीले पनि हैरान पार्‍यो। के गर्नु देशी बदाम पनि खाएकै छु बेला मौकामा गाईको दुध पनि खान्छु नै। कहिले काही त छिन का छिन बिर्सन्छु । कहाँ के सामान राखेको अत्तो पत्तो हुँदैन। अस्ती नयाँ पेन किने एक्छिन मै कता राखे कता भुसुक्कै बिर्सें। धेरै खोजे पाइन । पछी ह्या हराओस भनेर छोडिदिए । बेलुका तिर सुत्दा त टाउकोमा कोपेको जस्तो भयो । यसो छामेको त नयाँ पेन त कपालमा घुसारेको रैछु । लौ हेर्नुस् त म कस्ती हुस्सु।


अब यि त साना कुरा भए तर मैले एउटा कुरा बिर्सेंर ठुलो सजाय पाएको छु ल हेर दसैंको मुखमा बैंकको password बिर्सेंर रुनु न हास्नु भएको छ । investment bank को ebanking मा तीन चोटि सम्म password try गरेको त अकाउन्ट नै लक भयो।


म त नेपालको investment बैंकको security सिस्टम देखेर जिल परेको छु। बेला बेलामा automatic password चेन्ज गर्न पर्ने। password बिर्स्यो भने सजिलै नपाईने । तपाईं नेपाल बाहिर हुनुहुन्छ र कसैलाई अन्लाईन पैसा transfer गर्नु छ र password बिर्सनु भयो भने त पक्का डुब्नु भयो। संसारका कुनै पनि बैंकलाई पछी पारेको छ् यो investment bank को security system ले।

अष्ट्रेलियामा पनि net banking हुन्छ। आज ट्राइ गर्दा लक भयो भने भोली password सम्झ्यो भने सजिलै लगिन हुन्छ अथवा password सजिलै पाउने उपाय हुन्छ । तर मेरो गोबर भरेको दिमाखले कस्तो बिर्सेंर बर्बाद भयो। त्यस्तो कडा अती कडा सिक्युरिटी छ भन्ने मलाई कस्तो था नभएर password नै बिर्सेंको होला।


बैंकको कृपा हुन्छ कि भनेर feebcack form(I have forgotten my password and require a new one. ) मा सबै आफ्नो कुन्डली भरेर पठाएको पनि आज दुई हप्ता हुन लागि सकेको रैछ। तर खै त्यो ईमेल junk folder मा गयो अथवा बाटो मै हरायो। नेपाल पठाएको पार्सल जस्तो ईमेल पनि हराउन थालेछ कि क्या हो? ;)

मेरो अरु उपाए पनि छैन कुर्नु बाहेक, अब नेपालनै गएको बेला मेरो दात डिच्च देखाएर पछी password देलान कि?

त्यो ईमेल रिप्लाई नगरने भए किन मान्छेलाई आस देखाएर feedback form राखेका होलान। होइन भन्या, त्यो महिनै नबिराइ लिने सर्भिस सुल्क के का लागि हो जब कि एउटै ईमेल पनि रिप्लाई गर्दैनन् भने। अरु सेवा त परै जावोस। हरेकका दिमाख तेजिला हुँदैनन अहिलेको आधुनिक युगमा संसार नै username र password ले बेरिएको छ सबै कुराको password नै सम्झिराख्न गार्हो।

मेरो त्यस्तो complain गर्ने बानी पनि होइन। तर एउटा ग्राहक भएकीले आफ्नो अधिकार मात्र मागेकी हुँ।