10/30/07

जी नेवा: ख:

यी नेवारहरु र मधेशिहरु उस्तै हुन आफ्नो जातको मान्छे भेट्यो कि खला मखला, कि भएल गरी हाल्न पर्ने, पार्टिमा होस् या बाटोमा होस् या अफिसमै किन नहोस् आफ्नो भाषा बोली हाल्न पर्ने अरुलाई बाल मतलब नदिने भनेर मेरो साथीले जहिले पनि भन्ने गर्छ।

यी सबै कुरा गरिरहदा तपाईंहरुले मलाई कतिन नेवारकै उस्ताद रैछ भन्ठान्नु भएको होला तर माथिको टाइटल पनि अनलाइनमा साथी सँग सिकेको वास्तवमा मलाई कहिले काही अजिब सँग फरर नेवारी बोल्न मन लाग्छ अझ नेवार साउजी परेको पसलमा त नेवारी आएको भए कत्तिन डिस्काउन्ट गर्थे जस्तो लाग्छ। म सधैं ममिलाई सानैमा नेवारी सिकाएन भनेर किच किच गरी रहन्थे र अझै पनि कहिले काही गर्छु :) स्कुलमा श्रीजना भन्ने साथी थिइ त्यस्ले नेवारी सिकाउन हजार कोशीस गरि होला तैपनी मैले सिक्न सकिन दिउसो ब्रेकमा सिकाउथि घर जाने बेलामा म सबै बिर्सन्थे। अब भन्न त लाज लाग्छ तर नेवार भएपनी मलाई एकदम थोरै नेवारी आउछ जस्तै:

छु जुल - के भयो
बजी - च्युरा
माक - बाँदर
गन - कहाँ
ढेवा मरु - पैसा छैन
छमी कला हाकु चा - तिम्रो श्रीमती काली
मखला - होइन र?

सबै भन्दा लामो नेवारी आउने:

ठो रेडियो नेपाल ख
समाचार कोचल

Photo by Kamal

10/29/07

कुश्मा - फलेवास, पर्वत यात्रा

नाम अनुसारनै पर्वत(Parbat) जिल्ला पहाड नै पहाड ले भरिएको छ तर काही काही समथर भाग पनि भेटिन्छ । धौलागिरी अञ्चलको स्वागत गेट को रुपमा पर्बत पर्दछ। कुश्मा चाँही पर्वत जिल्लाको सदरमुकाम हो। कुश्मा पुग्न को लागि पोखरा बाट करीब १:३० घण्टा गाडीमा लाग्दछ। पोखरा बाट करिब ५८ कि. मि को दुरिमा छ र पोखरा बाट घुम्दै घुम्दै आएर कुश्मा, बाग्लुङ्, बेनि सम्म पुगेर एक्दिनमै फेरि पोखरानै फर्कन सकिन्छ।

कुश्मा(Kushma) नाम कसरी रह्यो?
करीब १५० बर्ष अगाडि हालको कुश्मा बजार बेनाम को थियो यो बजारको कुनै नाम थिएन । तेतिबेला राइनस्टार, लम्जुङ बाट भाजवीर जोशी मुक्तिनाथ यात्रामा निस्केका रैछन् मुक्तिनाथको दर्शन गरी फर्कदा यो ठाउँ एकदम सुन्दर लागेछ अनि उनि आफ्नो घर लम्जुङ पुगेर सर-सल्लाह गरेर हालको कुश्मामा बसाइ सर्ने निधो गरेछन।

तेती बेला त्यो ठाउँमा फाटफुट गिरीहरु बस्दथे रे नेवार जोशीहरु आएपछी पूजा - आजाको लागि कुश रोपेका रैछन । कुश नै कुश भएको ठाउँ भएको ले कुसुम बजार भनेर भन्दा रैछन पछी त्यही नाम लाई परिमार्जित गरेर कुश्मा बजार नाम राखेका रैछन ।


बि.स१९६४ मा भाजवीर जोशी ले बनाएको नारायण स्थान मन्दिर, सँगै जोडीएको उनका पनाती चेत नारायण जोशी ले बि.स २०५३ सालमा बनाएको मन्दिर। नारायण स्थान कुश्माको सबै भन्दा पुरानो मन्दिर हो । यो मन्दिरले केही महिना भित्रनै स्वर्ण महोत्सब मनाउदै छ।

बसाइ सरेका जोशिहरु कपडाको ब्यापार गरेर जिबिका उपार्जन गर्दै बसेछन। तेती बेला बिशेष गरेर तानमा कपडा बुनेर एक ठाउँ बाट अर्को ठाउँमा लगेर बेच्दा रैछन र अहिले सम्म पनि धेरै जसो जोशि परिवारले ब्यापारलाइनै मुख्य पेशा बनाएका छन्। अहिले कुश्मामा तेतिबेला आएका जोशिहरुको ५-६ पुस्ता पुगिसकेको छ।
कुश्मा बजार सर्लक्क एक लाइनको बजार छ गाडीमा ५ मिनेटमा बजार घुमेर सकिन्छ । कुश्मामा ३ खाले बजार छ माथिल्लो बजार, तल्लो बजार र बडा गांउ । माथिल्लो बजार सुन्सान छ । ब्यापारको हिसाबले तल्लो बजारमा अली चहल पहल छ। बडा गांउमा बिशेष गरेर सरकारी अफिसहरु छन

लोक्तान्त्रिक चोक(Loktantrik Chowk) - पहिला यहाँ राजा महेन्द्रको शालिक थियो २०६३ को जनआन्दोलन-2 मा गोबिन्द नाथ शर्मा शहीद भएपछि राजा महेन्द्रको सालीक हटाएर उनको शालिक राखिएको हो। गोबिन्द नाथ शर्मा लाई धौलागिरि अञ्चलकै प्रथम शहीद घोषणा गरिएको छ।

हुन त लोक्तान्त्रिक चोक भनेपनि बोलि चालिको भाषामा यहाँका मान्छे ले चाँही उही महेन्द्रको शालिक चोकनै भन्दा रैछन ।

कुश्माको अर्को आकर्षण भनेको गुप्तेश्वोर गुफा (Gupteshwor Cave) हो। यो गुफा तह तह परेर बनेको छ यो नेपालकै लामो गुफा मध्य पर्छ । गुफा भित्र बत्ति जोडीएको छ र भित्ता घिउ कलरको देखिन्छ । गुफा भित्र कतै टल्कने चिज देखिन्छ, कतै ५ पान्डवको आकृति देखिन्छ, कतै शिवलिंगको आकृति देखिन्छ र बिच बिचमा बिभिन्न देबी देवताको मुर्ती भेटिन्छ। यो गुफा धेरै समय सम्म गुप्त रहेकोले गुप्तेश्वोर गुफा भनिएको हो । यहा मुख्य मुख्य चाडबाडमा भक्तालुहरुको भिड लाग्ने गर्दछ।
कुश्मा बजार स्थित स्कुल् र १०+२। डाटा अनुसार् पर्बतमा ७०% ले शिक्षा पाएका छन्। स्कुल र कलेजको नाम पनि नारायण स्थान मन्दिरको नाम बाट राखिएको हो यो बि.स २०१६ सालमा स्थापित भएको कुस्माकै जेठो स्कुल हो।


फलेवास (Phalewas) - कुश्माबाट करीब ३ घण्टा हिंडे पछी फलेवास आइ पुग्छ। फलेवास एक्दम रमाइलो ठाउँमा रहेको छ वरिपरि डाडा बिचमा समथर भुभाग छ र करिब १ किलो मिटर को दुरिमा कालि गण्डकी बगेको छ। पढ्न को लागि स्कुल कलेज पनि छ। फलेवास नाम रहनुमा मैले २ वटा कहानि सुने।

१) यो ठाउँमा एकदम धेरै फलफुल पाइने हुनाले फलहरु पाइने वास फलेवास भनियो रे।
२) यो ठाउँमा राम्रो बास नपाईने हुनाले फालिएको वास भन्दा भन्दै फलेवास भनियो रे। बनै बन हिड्दा झ्याउकिरी कराएको आवाज सुनिन्छ । कुस्मा बाट ओरालो झर्दा त बाटो अप्ठेरो नै छ कोही कोही ठाउँ बाट त छर्लङ भिर देखिन्छ लड्यो भने त सिधै काली गण्डकीमा पुगिन्छ।


कालिगण्डकी र मोदी खोला मिसिएको पनि फलेबास जाने बाटो मै देखिन्छ। दुई खोला मिलन भएपछी यो ठाउँ लाई मोदिबिनी(modibini)भन्छन।

कालिगण्डकीमा(kali gandaki) बिशेष गरेर शालीग्राम Shaligram(fossil) पाईन्छ र परापुर्ब कालको पुराण अनुसार भगवान बिष्णुलाइ जालधरको श्रीमती ब्रिन्दाको श्राप अनुसार बिना आकार को कालो ढुङ्गा होस भनेकोले पछी गएर तेही कालो ढुङ्गा शालीग्रामलाईनै बिष्णुको रुपमा मानेर पूजा गरिन थालियो। शालीग्राम गण्डकीमा मात्र पाईन्छ।

बिशेष चाडपर्बमा गंगा नदिको शाखा नदी गण्डकी भएकोले यहाँ नुहाउन आउछन। गंगाजिमा नुहायो भने पाप पखालिन्छ भन्ने विश्वाश छ। काली गण्डकीलाई नै प्रयोग गरेर नेपालको एक ठुलो hydroelectricity प्रोजेक्ट पनि चलिरहेको छ।

कुस्मा बाट फलेवास आउँदा बिच बाटो मा पर्ने रमनिय सिर्सुवा ।


फलेवासको भड्खालबाट देखिने रमाइलो द्श्य। यहा बिषेश गरेर धान, मकै, गहु र मकै खेति हुन्छ।
क्रमश......

10/27/07

dashain update

यसपालिको दसैं पनि सकियो। मैले सबैभन्दा धेरै को हातको टिका लगाएको यही साल होला । हुन पनि काठमाडौं देखी लिएर टिका लगाउदै कुश्मा- पर्बत, फलेबास, बाग्लुङ, बेनी देखी लिएर गलेश्वोर- म्याग्दी, अनी पोखरा सम्म आएर फेरी काठमाडौंमा छुट्पुट टिका लगाउन भ्याइयो । यो दसैं भन्ने पनि गजब नै हुन्छ। निधार भरी टिका लाउन पर्ने धेरै आफन्त भएको बेला मा त नांग्लो जत्रै निधार भए पनि नपुग्ने जस्तो। मेरो पनि यस्पालि त निधार भरिएर टिका त अर्धचन्द्र आकारमा गाला सम्म टिका आइपुगेको थियो।

आशिर्बाद पनि गजब नै हुन्छन कसैले त ५ मिनेट सम्म भट्याउने, सबैभन्दा कमन आशिर्बाद चाँही ठुलो मान्छे बन्नु, धेरै पढ्नु। क समेत् नजान्ने लाई पनि था हुने पढेरै ठुलो मान्छे अनी बुद्धिमान हुन सक्छ भन्ने कुरा। अहिले त बुढा पाका पनि बाठा भाई सके पहिला को जस्तो सन्तान ले डाडाकाडा ढाकुन भन्दैनन सायद डाडाहरु सबै मान्छे ले भरिएर होला। भनिन्छ दशैमा बुढापाका ले निधारमा टिका लगाउदै आशिर्बाद दिदा आशिर्बाद पनि निधारमा ट्रान्स्फर भएर त्यो आशिर्बाद लाग्छ रे। लौ सबैले थापेका आशिर्बाद लागोस अरु मेरो ५ दिन को भ्रमणको बेलिबिस्तार बिस्तारै बिस्तारै लाउदै गरौला।

10/19/07

Festive & Love Season

October मेरो लागि festive र love को सिजन हो। पोहोर सालको मेरो 8th love anniversary को गन्थन त पढि हाल्नु भो होला । साल कसरी बित्यो पत्तै भएन तर एउटा कुरो नि मान्छे पुरानो हुदो रैछ तर माया त झन झन बच्चाको जस्तो अनी नया हुदो रैछ पत्तै भएन नौ ओटा मौसमहरु साथ साथ काटि सकिएछ।

पोहोर पोहोर त दसैंमा पनि एकदम काम गरिन्थ्यो तर एस्पाली केही पनि अफिसिएअल काम गर्ने मुडमा छैन। धेरै दिन पछी पाएको छुट्टी, अब दिन त काट्नै पर्यो भगवानको आरधना पनि गर्नै पर्यो त्यसैले आज काभ्रेपलाञ्चोक, पलान्चोक भगवतिको दर्शन गर्न गैयो।
लाइनमा बस्दै - लाइन त सेल रोटी जस्तै घुमेको थियो

मान्छेको त भिडनै थियो तर पोहोर पोहोरसाल भन्दा यसपाली पशु - चरा कम बली दिए रे। म १ घण्टा त्यहा बस्दा एउटा पनि बली दिएको देखिन। धेरै जसो भक्तालुले नरिवल, फलफुल र अन्डा चढाएको देखिन्थ्यो।

पलान्चोक भगवती - बाजेले नित्य पूजा गर्दै। नित्य पूजा गर्ने बेला देबी लाई बिषेश रुपमा स्रिङारर्ने रैछन जस्तै नुहाइदिने, चांदिको गहना लगाइदिने , देबिलाई चांदिकै कवच दाँया बाँया लगाइदिने र पूजा आराधाना गर्ने रैछन।

भगवतीको त मज्जा ले पूजा भयो। त्यसपछि आफ्नो पेट पूजा गर्न तर्फ लागियो। नजिकैको रिजोर्टमा। त्यो रिजोर्ट त सानोतिनो संग्रालयनै रैछ

जातो बाट अन्न पिनिन्छ तर मैले त पिन्नेको त के कुरा हल्लाउन समेत सकिन :)


ढिकि - बडा मुस्किल रैछ यस्लाइ उचाल्न त!!

दही जमाउने ठेकी - अबका शहरी पुश्ता ले एस्ता नेपाली चिज रिजोर्ट मै देख्न पाउने भए ।

दसैंको बेलामा एकचोटि भुइ छोड्नु पर्छ रे भन्दै थिए फर्कदा फर्कदै
पिङ पनि ठ्याक्कै भेटियो। लौ भुइ पनि छोडियो :)

Last time visit of Palanchowk

10/14/07

दशैको चहल पहल

अहो !! पोहोर पोहोर यतिबेला लगभग खालि हुने राजधानी यसपालि दसैंको भिडभाड बढी देख्छु जताततै भिड फुट्पातमा हिंड्ने ठाउँ छैन, दसैं बजार सडक सम्म फैलिएको छ। गाडी गूड्ने ठाउँ छैन समयमा कुनै ठाउँमा पुग्न सकिन्न। लुगा पसलमा लुगा किन्न तछाड मछाड देखिन्छ। सुन्छु तराइ जाने धेरै ले यस्पाली काठमाडौंमा दसैं मनाउने तयारी गर्दै छन रे। एक त आफ्नो घर सम्म पुगिने हो कि होइन त्यो डर, अर्को तर्फ समयमै जागिर भेट्टौन आइपुगिने हो कि होइन भन्ने डर , जो जता छन तेतै दसैं मनाउन घरका परिवार ले निर्देशन दिएका छ रे।

यस्पाली कान्तिपुर दैनिकले दिन दिनै जसो "देवीलाई फलफुल चढाऔ , पशुबली नचढाऔ" भन्ने नारा देखिए पनि खशी बजारमा मान्छेहरु घोर्ले खशी रोज्न बेस्त देखिन्छ ।

यस्पाली मेरो घरको दसैं अली बिबाद्स्पद भई रहेछ। कुरो खसीमा अड्किएको छ मेरो ममि एस्पाली खशी नकाट्ने पक्षमा हुनु हुन्छ भाई खशी नकाटी दसैंनै हुँदैन भन्छ। घर सगैको कजन त ५ दिन राम देब को सिबिरमा के गएका थिए खसी त नकाट्ने निर्णयमा पुग्नु भएछ वा! वा! रामदेव हुन पनि 'अप्ने पेट को सम्सानलय नही देबालय शिवालय बनावो' भन्दै थिए। हुन पनि त्यो सुनेर चाँही नखाउ जस्तो हुने तर खान लाग्यो सबै कुरा बिर्सिने नराम्रो बानी ;)

मेरो घरमा अब खशीको अन्तिम टुङो लाग्नै बाँकी छ मैले आफ्नो बक्तब्य निकाली सकेको छैन। हुन पनि हो मैले थाहा पाए देखिको दसैंमा घरमा खसी काटेर देबी लाई चढाइन्थ्यो शायद तेही भएर होला भाईलाई पनि दसैंमा खशि नकाटी रमाइलो नै हुन्न भन्ने लागेको। मलाई अहिले एउटा कुरा राख्न हासो पनि उठी राखेको छ आज बिहानै देखि मलाइ एउटा सोचाइ आइरहेछ सायद म पनि खसी भएको भए दसैंमा काटेर खान्थे होला म बोल्न पनि सक्थिन होला मलाई कसरी काटेर खान्थे होला मान्छेहरुको रमाइलो र जिब्रोको स्वाद्को लागि आफ्नी जीवन समर्पण गर्नु पर्थ्यो होला। छि! छि! कस्तो कस्तो सोचाइ आउछ है मान्छेको दिमाखमा पनि, तर मलाई खशि, बोका, कुखुरा देखेर माया लाग्यो। यदि हामी ले तेस्लाई काटेर नखायो भने त हामी ले कुकुर बिरालो जस्तै पाल्थ्यो होला। उ पनि जिन्दगी भर आफ्नो आयु हुन्जेल बाच्थ्यो होला हुन त जसले देवीको तान्त्रिक विधिअनुसार पूजा-अर्जना गर्छ, उसैले पाँच दिन पञ्च बलि दिनुपर्ने मान्यता तान्त्रिक ग्रन्थहरूमा उल्लेख छ तर मेरो विचारमा एक्दिन यो बली दिने प्रथा अवस्य हट्न सक्छ मान्छेहरुले बिस्तारै बुझ्ने छन।

Happy Dashain !!

girl & goat art by dovan.
About Dashain Festival.